काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका आफ्ना तीन जना सांसदसँग स्पष्टीकरण मागेको छ।
पार्टीको निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको विषयलाई लिएर उनीहरूसँग स्पष्टीकरण मागिएको जनाइएको छ। सांसदहरूको पछिल्लो गतिविधिबारे पार्टीभित्र असन्तुष्टि देखिएपछि नेतृत्वले यस विषयमा जवाफ मागेको हो।
राप्रपाले पार्टी अनुशासन, निर्णय र निर्देशन पालना गर्नुपर्नेमा जोड दिँदै स्पष्टीकरणमार्फत सांसदहरूको धारणा बुझ्न खोजेको बताइएको छ।
अब सम्बन्धित सांसदहरूले पार्टीले मागेको स्पष्टीकरणको जवाफ दिएपछि उनीहरूमाथि आवश्यक निर्णय लिइने राप्रपाले जनाएको छ।