फुटबल ग्राउन्ड छेउमा आगलागी, नियन्त्रणको प्रयास जारी

1.9k Shares

काठमाडौँ । काठमाडौँको पेप्सीकोला फुटबल ग्राउन्ड छेउमा भीषण आगलागी भएको छ। शुक्रबार बिहान फुटबल ग्राउन्ड छेउमा रहेको एउटा कटेजबाट आगलागी सुरु भएको हो।

आगलागीका क्रममा चारवटाभन्दा बढी सिलिन्डर पड्किएको खबर छ। सिलिन्डर पड्किएपछि आगलागी थप जोखिमपूर्ण बनेको जनाइएको छ। आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको छ। घटनास्थलमा आगो नियन्त्रण गर्ने काम जारी रहेको बताइएको छ।

आगलागीबाट भएको क्षति, मानवीय अवस्था तथा आगलागीको कारणबारे भने थप विवरण सार्वजनिक भएको छैन। यस घटनाबारे थप जानकारी आउन बाँकी छ।

सम्बन्धित समाचार