1.5k
Shares
काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ २३ गते देशभर सार्वजनिक बिदा हुनेछ।
सरकारले भदौ २२ गते रसुवामा गएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा शोक दिवस मनाउने निर्णयसमेत गरेको छ। त्यसैगरी भदौ २३ गते सहिद दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
सरकारले विपद्बाट प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषयमा समेत आवश्यक कदम अघि बढाउने जनाएको छ।