सरकारले कमजोरी स्वीकार गर्दै नागरिकको जीवन रक्षामा ध्यान दिनुपर्छ : पराजुली

2.1k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले विपद् व्यवस्थापन तथा उद्धार र राहतका क्रममा भएका कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

उनले विपद्का बेला राज्यका संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनुपर्ने र प्रभावित नागरिकलाई समयमै उद्धार, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।

सांसद पराजुलीले सरकारका कमजोरी ढाकछोप गर्नुभन्दा त्यसलाई पहिचान गरी सुधार गर्दै आगामी दिनमा नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने बताएका हुन्।

उनले विपद्का घटनाबाट नागरिकको ज्यान जाने तथा ठूलो क्षति हुने अवस्था दोहोरिन नदिन पूर्वतयारी, उद्धार क्षमता र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

 
 
 
सम्बन्धित समाचार