सुरुङभित्र फसेकाको खोजीमा ९० जनाको संयुक्त टोली परिचालन

1.5k Shares

काठमाडौँ । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार प्रयास तीव्र बनाएको छ।

उद्धारस्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’मा पुगेर प्वाल बनाएको थियो। त्यसपछि डोरीको सहायताले उद्धारकर्मीहरू सुरुङभित्र झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ।

उद्धारलाई थप सहज बनाउन ठूला उपकरण प्रयोग गर्नुका साथै ब्लास्टिङ गरेर प्वाल फराकिलो पार्ने काम पनि सँगसँगै अघि बढाइएको छ। कठिन र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धार टोली अहोरात्र खटिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार