रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, विपद् व्यवस्थापनबारे छलफल हुने

1.4k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। रास्वपाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आइतबार अपराह्न ४ः३० बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ।

बैठकमा पछिल्लो समय देशमा देखिएको विपद्को अवस्थाबारे छलफल हुने भएको छ। विशेषगरी विपद् व्यवस्थापनका बहुआयामिक पक्ष तथा अन्य विविध विषय बैठकको एजेन्डामा रहेको रास्वपाले जनाएको छ।

देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकमा विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा व्यवस्थापनका विषयमा पार्टीले खेल्न सक्ने भूमिकाका साथै समसामयिक राजनीतिक तथा अन्य विषयमा समेत छलफल हुन सक्ने बताइएको छ। रास्वपाले बैठकका निर्णय तथा छलफलका विषयबारे थप जानकारी बैठकपछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार