तीन दिनपछि वैकल्पिक सडकबाट धादिङबेँसी पुनः सडक सञ्जालमा जोडियो

1.1k Shares

धादिङ । भोटेकोसी नदीमा आएको बाढीले पृथ्वी राजमार्गसँग धादिङलाई जोड्ने पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङबेँसी तीन दिनपछि वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ।

बाढीका कारण पृथ्वी राजमार्गसँग धादिङ सदरमुकामको सडक कनेक्सन टुटेपछि सरकारले वैकल्पिक सडक निर्माण तथा सञ्चालनलाई प्राथमिकता दिएको थियो। शनिबारदेखि वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित भएको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टसम्म जोडिने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो।

वैकल्पिक मार्ग सञ्चालनमा आएपछि बाढीका कारण सडक सम्पर्क विच्छेद भएको धादिङ सदरमुकाममा आवतजावत सहज हुने भएको छ। बाढीबाट क्षतिग्रस्त मुख्य सडक तथा पुलको अवस्था सुधार नभएसम्म यो वैकल्पिक मार्गले यातायात सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार