1.4k
Shares
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित बाटोबाट यात्रा नगर्न पर्यटकलाई सचेत गराएको हो। मन्त्रालयका अनुसार गोसाइँकुण्डबाट फर्किनुपर्ने पर्यटकले दुप्चेश्वर हुँदै काठमाडौं आउने वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्।
सुरक्षित यात्राका लागि जोखिमयुक्त नियमित मार्ग प्रयोग नगरी वैकल्पिक बाटोबाट यात्रा गर्न मन्त्रालयले आग्रह गरेको छ।