रसुवा बाढीमा १५७ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

1.1k Shares

काठमाडौं । रसुवा बाढीमा परेर ज्यान गुमाएका १५७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको राति ११ बजेसम्मको बुलेटिनअनुसार बाढी प्रभावित सात जिल्लाबाट ती शव फेला परेका हुन्।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।

बाढीमा परी २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। यस्तै, बाढीबाट प्रभावित ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचाररत ४१ जनामध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जना रहेका छन्।

बाढीका कारण ठूलो मानवीय क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार