त्रिशूली नदी किनारमा भेटिएको शव गोरखातर्फ

1.2k Shares

रसुवा । रसुवामा आएको बाढीपछि त्रिशूली नदी किनारमा शव भेटिएका छन्। बाढीले बगाएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेका बेला गोरखातर्फ त्रिशूली नदी किनारमा शव फेला परेको हो।

प्राप्त प्रारम्भिक जानकारीअनुसार नदीले बगाएर ल्याएको अवस्थामा शव भेटिएको र सम्बन्धित निकायले पहिचान तथा आवश्यक प्रक्रिया अघि बढाएको छ। शव कसको हो भन्ने विषयमा भने विस्तृत विवरण आउन बाँकी रहेको छ।

रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासन उद्धार र खोजी कार्यमा खटिएका छन्।

बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ भने सुरक्षाकर्मी, स्थानीयवासी तथा पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइरहेका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार