फैसला आएपछि सर्वोच्च परिसरमै वकिलको आत्महत्या प्रयास

1.9k Shares

काठमाडौं । ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक वकिलले सर्वोच्च अदालत परिसरमै आत्महत्या प्रयास गरेका छन् ।

मुद्दा हारेपछि सुसाइड नोट लेखेका ती वकिलले सर्वोच्च अदालतबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ ।

घटनाबारे सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले आफूले पनि त्यही विवरण सुनेको बताएका छन् ।

सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार आत्महत्या प्रयास गर्ने ती व्यक्ति सकुशल छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार