टप एन्ड टी–२० : आज नेपाल र बंगलादेश भिड्दै

841 Shares

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। नेपाल ‘ए’ टोलीको कप्तानी अनिल शाहले गरिरहेका छन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा बंगलादेशविरुद्ध सुधारिएको प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यमा नेपाली टोली रहेको छ।

नेपालले त्यसपछि अगस्ट २४ मा होबर्ट हुरिकान्स, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियाविरुद्ध खेल्ने तालिका छ।

सम्बन्धित समाचार