राजसंस्था फर्काउने अभियानमा धवलशम्सेर, देशभर हस्ताक्षर संकलन गरिने

911 Shares

काठमाडौं । डा. धवलशम्सेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनाको पक्षमा जनसमर्थन जुटाउन हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

पार्टीले आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा राजसंस्थाको पुनःस्थापना र सनातन धर्मसापेक्ष हिन्दु अधिराज्यलाई अघि सारेको छ। राणाले आफूहरू सक्रिय राजनीतिमा हस्तक्षेप गर्ने राजसंस्था नभई राष्ट्रिय एकता, अभिभावकीय भूमिका र राष्ट्र रक्षकका रूपमा रहने संवैधानिक राजसंस्थाको पक्षमा रहेको बताएका छन्।

हिन्दु अधिराज्यको एजेन्डालाई शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट अघि बढाउने पार्टीको भनाइ छ। पार्टीले अन्य धर्म र सम्प्रदायको सम्मान गर्दै आफ्नो राजनीतिक अभियान सञ्चालन गर्ने जनाएको छ।

 
 
 
सम्बन्धित समाचार