करुणानिधिको नाम लिएपछि तमिलनाडु विधानसभामा विवाद, मुख्यमन्त्री विजयले मागे माफी

1.1k Shares

काठमाडौं। पूर्वमुख्यमन्त्री एम. करुणानिधिको नाम उल्लेख गर्ने क्रममा सम्मानजनक शब्द प्रयोग नगरिएको भन्दै तमिलनाडु विधानसभामा सोमबार विवाद चर्किएको छ। विषयलाई लिएर डीएमकेका सांसदहरूले आपत्ति जनाएपछि सदनको वातावरण तनावपूर्ण बनेको थियो।

विधानसभामा वनमन्त्री रञ्जित कुमारले सम्बोधन गर्ने क्रममा करुणानिधिको नाम उल्लेख गरेपछि डीएमकेका सदस्यहरूले विरोध जनाएका थिए। उनीहरूले पूर्वमुख्यमन्त्रीको नाम लिँदा आवश्यक सम्मानजनक सम्बोधन गर्नुपर्ने माग राखेका थिए।

विवाद बढेपछि विधानसभा अध्यक्षले मन्त्रीको उक्त भनाइ सदनको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। अध्यक्षले विवादित टिप्पणीलाई विधानसभा कार्यवाहीमा कायम नराखिने स्पष्ट पारेका थिए।

घटनापछि मुख्यमन्त्री सी. जोसेफ विजयले मन्त्रीका तर्फबाट सदनमै माफी मागे। उनले पूर्वमुख्यमन्त्रीको नाम त्यसरी लिनु उचित नभएको स्वीकार गर्दै मन्त्रीको तर्फबाट क्षमा मागेका हुन्।

मुख्यमन्त्रीले भने, ‘मन्त्रीले यसरी तपाईंका नेताको नाम लिनु गलत थियो। त्यसका लागि म माफी माग्छु।’

सम्बन्धित समाचार