काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने भएका छ । संघीय सरकार मातहतका निकायमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५–१५ दिनमा तलब तथा भत्ता पाउने भएका हुन् ।उनीहरूले यो तलब अर्ध मासिक रूपमा पाउने छन्।
महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन संघीय सरकार मातहतका सबै सरकारी र सार्बजनिक कार्यालयहरूलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागिएको कार्यालयले जनाएको छ।
भदौं १ गते गरिएको परिपत्र अनुसार संघीय सरकारका सरकारी तथा सार्बजनिक संस्थामा कार्यरत कर्मचारीले पहिलो किस्ता स्वरूप भदौं १५ गते देखी पाउने छन् । तर, यो ब्यवस्था प्रदेश र स्थानिय तहको हकमा भने तत्काल लागु हुने छैन् ।