वैदेशिक रोजगारीमा हुने ठगीविरुद्ध कठोर बन्न शाहीको आग्रह

1.2k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई ठगी गर्ने व्यक्तिलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको नाममा हुने ठगी गम्भीर समस्या बनेको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका हुन्। उनका अनुसार वार्षिक रूपमा डेढ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका क्रममा विभिन्न किसिमका ठगीमा पर्ने गरेका छन्।

उनले ठगीमा संलग्न व्यक्तिको राजनीतिक आबद्धता वा पहुँचका आधारमा कारबाहीमा फरक पार्न नहुने बताएका छन्। सत्ता परिवर्तनसँगै दल परिवर्तन गरेर पुनः सत्ताको वरिपरि रहने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

शाहीले ठगी गर्ने व्यक्ति जुनसुकै राजनीतिक दलसँग सम्बन्धित भए पनि उसको पद र राजनीतिक पहुँचलाई नभई अपराधको प्रकृति हेरेर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार