नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उपचारका लागि विदेश गएका देउवा थाइल्यान्डबाट नेपाल फर्किएका हुन्। विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताले उनको स्वागत गरेका छन्।
देउवा शुक्रबारदेखि काठमाडौंको सुकेधारामा आयोजना हुने कांग्रेसको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। उनको स्वदेश फिर्तीसँगै कांग्रेसभित्रको आन्तरिक राजनीति र आगामी नेतृत्वबारे बहस थप चर्किने देखिएको छ।