विविधताको सम्मानबिना राष्ट्रिय एकता बलियो हुँदैन : प्रचण्ड

1.1k Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको सम्मान र समान अधिकार सुनिश्चित नभएसम्म राष्ट्रिय एकता बलियो हुन नसक्ने बताएका छन् ।

विश्व आदिवासी जनजाति दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानपूर्ण सहभागिता आवश्यक रहेको बताएका हुन् ।

उनले पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई थप सशक्त बनाउनुपर्ने बताएका छन् ।

Screenshot 2026-08-09 111448.png

  

“विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन सक्दैन,” प्रचण्डले भनेका छन् । उनका अनुसार सबै समुदायको न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताबाट मात्रै समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा सुदृढ राष्ट्रनिर्माण सम्भव हुन्छ ।

विश्व आदिवासी जनजाति दिवसले अधिकार, समानता र न्यायका लागि भइरहेको संघर्षलाई थप अघि बढाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत उनले दिएका छन् । प्रचण्डले दिवसका अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार