भक्तपुरको गुन्डुमा कुखुरा फर्ममा आगलागी

1.1k Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुन्डुस्थित एक कुखुरा फर्ममा शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार आगलागीबाट फर्मको टहरा, कुखुरा पालनका लागि प्रयोग हुने सामग्री तथा अन्य उपकरणमा क्षति पुगेको छ। स्थानीयवासी, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार आगलागीबाट करिब ५ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ।

आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन तथा क्षतिको विस्तृत विवरण संकलन गर्न प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार