तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपी भवनमा क्षति

1.3k Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान खसेको सुख्खा पहिरोले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) भवनमा क्षति पुगेको छ। पहिरोका कारण भन्सार क्षेत्र आसपास उच्च सतर्कता अपनाइएको छ।

पहिरोले बीओपी भवनको संरचनामा क्षति पुर्‍याएको भए पनि घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। सुरक्षा निकायले पहिरो खस्ने जोखिम कायम रहेकाले प्रभावित क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी र सम्बन्धित निकायले घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण संकलन गर्नुका साथै थप जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चालिरहेका छन्। पहिरोका कारण भन्सार क्षेत्रको सुरक्षा व्यवस्थामा पनि सतर्कता बढाइएको जनाइएको छ।

मनसुनका कारण पहाडी क्षेत्रमा निरन्तर पहिरोको जोखिम बढिरहेकाले तातोपानी नाका आसपासका बासिन्दा तथा यात्रुलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

 
 
 
सम्बन्धित समाचार