तीन संसदीय समितिको बैठक, पर्यटन विधेयकदेखि सडक निर्माण ढिलाइसम्म छलफल हुने

1.2k Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज (शुक्रबार) तीनवटा संसदीय समितिको बैठक बस्दै छ। संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति तथा पूर्वाधार विकास समितिले आ–आफ्नो कार्यसूचीअनुसार विभिन्न विषयमा छलफल गर्नेछन्।

बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञहरूसँग विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ।

यस्तै, बिहान १०ः०० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन, २०८३’ पेस गरी त्यसमाथि छलफल गरिने कार्यसूची तय गरिएको छ।

त्यसैगरी, बिहान १०ः०० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा विद्युत्का पोल समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भएको ढिलाइका विषयमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

आजका समितिका बैठकहरूमा पर्यटन क्षेत्रको कानुनी व्यवस्था, कारागारमा मानवअधिकारको अवस्था तथा पूर्वाधार निर्माणमा देखिएका अवरोधजस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार