प्रतिनिधिसभाको नयाँ कार्यतालिका सार्वजनिक, कहिले–कहिले बस्छ बैठक?

1.2k Shares

प्रतिनिधिसभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयले साउन १५ देखि भदौ १५ गतेसम्मको कार्यसूची सार्वजनिक गर्दै यस अवधिमा प्रतिनिधिसभाको बैठक १० दिन बस्ने जनाएको हो।

सार्वजनिक कार्यतालिकाअनुसार साउन महिनामा २२, २४, २५ र २६ गते गरी चार दिन प्रतिनिधिसभाको बैठक बस्नेछ। त्यसैगरी भदौ महिनाको पहिलो १५ दिनभित्र १, २, ३, ८, ९ र १० गते गरी थप ६ दिन बैठक आयोजना गरिनेछ।

संसद सचिवालयका अनुसार यो अवधिमा प्रतिनिधिसभाको प्राथमिकता विभिन्न विधेयक पारित गर्ने, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल गर्ने तथा अन्य विधायिकासम्बन्धी कार्य अघि बढाउने रहनेछ।

कार्यतालिकामा संसदीय समितिका बैठकका लागि पनि छुट्टै समय निर्धारण गरिएको छ। साउन २४ गते तथा भदौ ४, ५, ६ र ७ गते संसदीय समितिहरूको बैठक सञ्चालन हुने उल्लेख गरिएको छ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यतालिकाअनुसार संसदको आगामी कार्यसूची विधायन प्रक्रिया अगाडि बढाउने र नीतिगत विषयमा केन्द्रित रहने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार