रोल्पामा सामाजिक सुरक्षा भत्ता बुझेर फर्किने क्रममा खोलाले बगाउँदा वृद्धको मृत्यु
1.7k
Shares
रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–१ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार खोला तर्ने क्रममा एक वृद्धलाई बगाएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–१ घुसबाङ निवासी ७३ वर्षीय मसान घर्तीमगर रहेका छन्। उनी सामाजिक सुरक्षा (वृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङबाट घर फर्किने क्रममा खोलाले बगाएका थिए।
घटनामा जोखै घर्तीमगर घाइते भएका छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा उनको उद्धार गरी थप उपचारका लागि सुलिचौर पठाइएको प्रहरीले जनाएको छ।