आजको कृषिउपजको थोक मूल्य सार्वजनिक, कुन तरकारी कति महँगो?
1.3k
Shares
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार मौसम, आपूर्ति र मागका आधारमा दैनिक रूपमा मूल्य निर्धारण गरिन्छ।
आज सार्वजनिक मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, ठूलो भारतीय गोलभेँडा ७० रुपैयाँ तथा सानो (टनेल) गोलभेँडा ३० रुपैयाँ कायम भएको छ।
आलुतर्फ रातो (लाम्चो) ५१ रुपैयाँ, रातो (गोलो) ५२ रुपैयाँ, रातो (मुढे) ५२ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५७ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हरियो तरकारीमा गाजर (लोकल) १२० रुपैयाँ, गाजर (तराई) ८० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, बन्दा ४० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला १५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
यसैगरी भिन्डी, लौका र हरियो फर्सी प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी ८० रुपैयाँ, भटमासको कोसा १०० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ५० रुपैयाँ कायम गरिएको छ।
सागपातमध्ये रायोको साग २०० रुपैयाँ, पालुङ्गो ३०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ तथा हरियो प्याज २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। च्याउतर्फ कन्ये च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम भएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप २२० रुपैयाँ, चोसा आँप २०० रुपैयाँ, तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, नास्पाती ९० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ र ड्रागन फ्रुट ४०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसलातर्फ अदुवा २३० रुपैयाँ, हरियो लाम्चो खुर्सानी १२० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, हरियो धनियाँ ३५० रुपैयाँ, चाइनिज सुकेको लसुन २४० रुपैयाँ तथा नेपाली सुकेको लसुन २०० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
त्यसैगरी ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ, छडी ३०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।
समितिका अनुसार यी मूल्यहरू अधिकतम थोक मूल्य हुन्। खुद्रा बजारमा ढुवानी, भण्डारण तथा स्थानीय लागतका कारण मूल्यमा केही फरक पर्न सक्नेछ।