6.2k
Shares
काठमाडौँ । काठमाडौंको गोठाटारस्थित एक काठ गोदामबाट सुरु भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। आगलागीबाट भएको क्षतिको थप विवरण भने आउन बाँकी रहेको छ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुरबाट पठाइएका दमकल परिचालन गरिएको छ।
आगलागीको कारण खुल्न सकेको छैन। घटनास्थलमा सुरक्षाकर्मीले आसपासका क्षेत्र खाली गराउँदै थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाएका छन्। आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको विस्तृत विवरण तथा आगलागीको कारणबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ।