अफवाह नफैलाउन र जिम्मेवार भूमिका निर्वाह गर्न प्रहरीको आग्रह

1.2k Shares

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्री नफैलाउन सर्वसाधारणसँग आग्रह गरेको छ। प्रहरीले सबै नागरिकलाई आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न अपिल गरेको छ।

प्रहरीले पुष्टि नभएका सूचना साझा गर्दा समाजमा भ्रम, त्रास र तनाव बढ्न सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालको प्रयोग गर्दा संयमता अपनाउन र कानुनविपरीत गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।

नेपाल प्रहरीले शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकाय पूर्ण रूपमा परिचालित रहेको उल्लेख गर्दै अफवाह फैलाउने, द्वेष फैलाउने वा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।

सम्बन्धित समाचार