आज बस्दै मन्त्रिपरिषद् बैठक, एजेन्डा गोप्य

1.3k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित सरकारी कामकारबाही तथा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। यद्यपि बैठकका औपचारिक एजेन्डा भने सार्वजनिक गरिएको छैन।

मन्त्रिपरिषद् बैठकमा सरकारका विभिन्न नीतिगत निर्णय, प्रशासनिक विषय तथा समसामयिक राष्ट्रिय मुद्दामाथि छलफल हुन सक्ने अनुमान गरिएको छ। बैठकपछि सरकारले गरेका निर्णय सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार