प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा ३६ दिनदेखि जारी विद्यार्थी आन्दोलनपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।
आन्दोलनका क्रममा सोनम वाङचुकसहित विद्यार्थीहरू भोक हड्तालमा बसेका थिए भने प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार र इन्टरनेट सेवा अवरुद्धजस्ता कदम चालेको थियो।
राजीनामाको खबर पुग्नासाथ जन्तर–मन्तरमा प्रदर्शनकारीहरूले नाचगान गर्दै जितको उत्सव मनाएका थिए।
'राजीनामा अन्त्य होइन, शिक्षा प्रणालीमै सुधार चाहिन्छ'
शिक्षामन्त्रीको राजीनामालाई आन्दोलनकारीहरूले ऐतिहासिक जितको रूपमा स्वागत गरे पनि त्यसमै सन्तुष्ट हुन नहुने बताएका छन्। उनीहरूले दोषीमाथि कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र सम्पूर्ण शिक्षा प्रणालीमा सुधारको माग दोहोर्याएका छन्।
सरकारसँगको वार्तापछि आन्दोलन आयोजकहरूले तीनवटै मुख्य माग पूरा भएको दाबी गर्दै आन्दोलन फिर्ता लिने घोषणा गरेका छन्।