एमाले–नेकपाबीच प्रदेश सरकारमा सत्ता बाँडफाँट, पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति

1.7k Shares

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सत्ता साझेदारी गर्दै पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। शनिबार भएको सहमतिअनुसार दुवै दलले प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेका हुन्।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।

यस सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार हस्ताक्षर गरेका छन्।

दुई प्रमुख वाम दलबीच भएको नयाँ राजनीतिक समझदारीसँगै सम्बन्धित प्रदेशहरूमा सरकार गठन तथा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। यो सहमतिलाई प्रदेशस्तरमा नयाँ सत्ता समीकरण निर्माणतर्फको महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।

753534447_1038892079032188_4042468253634944635_n-1784981301.jpg

सम्बन्धित समाचार