ऋण नतिरेपछि रुप ज्योतिका दुई ठूला कम्पनी लिलामी प्रक्रियामा

1.8k Shares

काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका अध्यक्ष रुप ज्योतिसँग सम्बन्धित दुई ठूला कम्पनी बैंकको ऋण नतिरेपछि लिलामी प्रक्रियामा पुगेका छन्।

बैंकबाट ऋण लिँदा धितो राखिएका कम्पनीका सम्पत्ति लामो समयसम्म ऋण भुक्तानी नभएपछि बैंकले कानुनी प्रक्रिया अघि बढाउँदै लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको हो।

बैंक स्रोतका अनुसार सम्बन्धित कम्पनीले लिएको ऋणको किस्ता तथा ब्याज समयमै नतिरेपछि पटक–पटक ताकेता गरिएको थियो। तर ऋण असुली हुन नसकेपछि धितो सम्पत्ति लिलाममार्फत बिक्री गरी बक्यौता उठाउने प्रक्रिया सुरु गरिएको हो।

लिलामीमा परेका कम्पनीका जग्गा, भवन तथा अन्य धितो सम्पत्तिको बिक्रीबाट बैंकले आफ्नो बक्यौता असुल गर्ने तयारी गरेको जनाएको छ। लिलामी प्रक्रिया बैंकिङ तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानुनअनुसार अघि बढाइएको बैंकको भनाइ छ।

यद्यपि, लिलामी प्रक्रिया सुरु भइसके पनि सम्बन्धित कम्पनीले तोकिएको अवधिभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा लिलाम रोक्न सकिने कानुनी व्यवस्था रहेको छ।

रुप ज्योति नेपालको चर्चित औद्योगिक तथा व्यापारिक घराना ज्योति समूहका अध्यक्ष हुन्। पछिल्लो घटनाले निजी क्षेत्रका ठूला व्यवसायिक समूहमा बढ्दो वित्तीय दबाब र बैंकिङ क्षेत्रको ऋण असुली प्रक्रियालाई पुनः चर्चामा ल्याएको छ।

सम्बन्धित समाचार