आइतबारको सार्वजनिक बिदा निरन्तर रहने संकेत

1.9k Shares

काठमाडौँ — सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान एवं खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको सार्वजनिक बिदा दीर्घकालसम्म कायम रहने संकेत गर्नुभएको छ।

आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकारले लागू गरेको आइतबारको बिदा तत्काल परिवर्तन नहुने स्पष्ट पार्दै यो व्यवस्था लामो समयसम्म निरन्तर रहने बताउनुभयो।

उहाँका अनुसार आइतबारको बिदा कार्यान्वयनको प्रभावबारे सरकारले निरन्तर समीक्षा गरिरहेको छ। प्रारम्भिक रूपमा सकारात्मक संकेत देखिएकाले यसलाई दीर्घकालीन रूपमा अघि बढाउने तयारी गरिएको उहाँको भनाइ छ।

सरकारले ऊर्जा बचत, प्रशासनिक खर्च नियन्त्रण, सार्वजनिक सेवाको प्रभावकारिता र कार्य–जीवन सन्तुलनलाई ध्यानमा राखेर आइतबार सार्वजनिक बिदा लागू गरेको थियो।

मन्त्री पोखरेलले आवश्यक परे अनुभव र अध्ययनका आधारमा नीतिमा सुधार गर्न सकिने भए पनि हालका लागि आइतबारको बिदा निरन्तर रहने सरकारको स्पष्ट धारणा रहेको बताउनुभयो।

सम्बन्धित समाचार