स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, नातावाद र परिवारवादमा पूर्ण रोक

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन नयाँ मापदण्ड लागू गरेको छ।

पार्टीले जारी गरेको निर्देशनअनुसार सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको छ। एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गर्दै परिवारभन्दा बाहिरबाट योग्य व्यक्तिको छनोट गर्नुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले स्वकीय सचिवका लागि संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता अनिवार्य गरेको छ। निर्देशिकाअनुसार उम्मेदवारले कम्तीमा स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।

त्यससँगै सम्बन्धित क्षेत्रमा दक्षता, प्रविधिमैत्री क्षमता, अनुसन्धान गर्ने सीप तथा पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिइएको छ।

रास्वपाले योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका व्यक्तिलाई प्राथमिकता दिन पनि आफ्ना सांसदहरूलाई आग्रह गरेको छ।

पार्टीले यस निर्देशिकामार्फत स्वकीय सचिव नियुक्तिलाई पारदर्शी, समावेशी र मेरिटका आधारमा अघि बढाउने उद्देश्य लिएको जनाएको छ।

754700432_1944025159594541_4897564973263980718_n-1784865772.jpeg

755870682_1543413467482175_1961842868274386451_n-1784865783.jpeg

सम्बन्धित समाचार