दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई पुरुषको शव फेला

2k Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ।

मंगलबार शव फेला परेको जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाको प्रकृति, मृत्युको कारण तथा मृतकहरूको पहिचान खुलाउने उद्देश्यले आवश्यक अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार