अनुगमनमा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
1.3k
Shares
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई जरिवाना गरेको छ।
विभागका अनुसार किसु चमेनागृहलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ अनुसार खरिद बिल–बिजक नराखेको पाइएपछि सोही ऐनको दफा ३८ (घ) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको हो।
त्यस्तै, काठमाडौंको जडीबुटीस्थित क्याल्मेरा अटाएर प्रालिलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
विभागले पछिल्लो अनुगमनमा कुल १२ वटा फर्मको निरीक्षण गरेको थियो। तीमध्ये १० वटा फर्मलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।
उद्योग तथा व्यवसायहरूको अनुगमन उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार गरिएको विभागले जनाएको छ।
बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको बिक्री–वितरण रोक्न तथा व्यवसायीलाई अनिवार्य रूपमा बिल–बिजक जारी गर्न प्रेरित गर्न विभागले नियमित रूपमा बजार अनुगमन जारी राखेको जनाएको छ।