बागमती सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले बुधबार राजीनामा दिने
1.4k
Shares
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबारदेखि एमाले सरकारबाट बाहिरिएको जानकारी दिएका हुन्।
थपलियाका अनुसार प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले बुधबार औपचारिक रूपमा राजीनामा दिनेछन्। उनले अब मिल्न सक्ने राजनीतिक शक्तिहरूबीच सहकार्य गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने बताए।
उनले नेकपासँग सत्ता सहकार्य हुने दाबी गर्दै प्रदेशको नयाँ राजनीतिक समीकरणबारे सकारात्मक छलफल भइरहेको उल्लेख गरे।
यसअघि मंगलबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली निवासमा राजनीतिक भेटवार्ता भएको थियो। उक्त भेटपछि बागमती प्रदेशको सत्ता समीकरण परिवर्तन हुने चर्चा थप चुलिएको छ।