1.2k
Shares
काठमाडौं, साउन ५ । काठमाडौंको कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ।
मंगलबार बिहान बा५च ३०३८ नम्बरको निजी गाडीमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको छ। आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
गाडीभित्र आगलागी हुँदा कुनै व्यक्ति थिए वा थिएनन् भन्ने विषयमा पनि अहिलेसम्म पुष्टि हुन सकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।