कक्रोच पार्टीको प्रदर्शन नजिकिएपछि मोदीले छाडे संसद भवन, सुरक्षा कडा

2.1k Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सिजेपी) ले आयोजना गरेको ‘चलो संसद’ मार्च संसद भवन नजिक पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

जन्तर–मन्तरबाट सुरु भएको प्रदर्शन संसद भवनतर्फ अघि बढेपछि प्रदर्शनकारीहरूले सुरक्षा ब्यारिकेड तोड्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मनसुन अधिवेशन चलिरहेका बेला संसद भवन बाहिर प्रदर्शन चर्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवन छाडेका छन्। यसबीच संसदको बैठक पनि स्थगित गरिएको बताइएको छ।

प्रदर्शनको नेतृत्व गरिरहेका कक्रोज जनता पार्टीका संस्थापक अभिजित दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनका कारण संसद भवन वरपरको सुरक्षा व्यवस्था थप कडा बनाइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

 
 
 
सम्बन्धित समाचार