अविरल वर्षाले डुब्यो माइतीघर, सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित

2k Shares

काठमाडौं। आइतबार परेको अविरल वर्षापछि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्र जलमग्न बनेको छ। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ भने यात्रु तथा सर्वसाधारणले आवतजावतमा सास्ती बेहोर्नुपरेको छ।

माइतीघर मण्डल आसपासका मुख्य सडकहरूमा ठूलो मात्रामा पानी जमेको देखिएको छ। सडक जलमग्न भएपछि साना तथा ठूला सवारीसाधनको गति सुस्त बनेको छ भने केही मोटरसाइकल चालकहरूलाई पानीबीच सवारी धकेल्नुपर्ने अवस्था समेत सिर्जना भएको छ।

अविरल वर्षासँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि पानी जम्ने समस्या दोहोरिएको छ। विशेषगरी कमजोर ढल निकास भएका क्षेत्रमा वर्षापछि सडक डुबानमा पर्ने समस्या पुनः देखिएको हो।

मौसमविद्हरूले मनसुन सक्रिय रहेकाले आगामी दिनहरूमा पनि वर्षाको सम्भावना रहेको जनाउँदै नदी तटीय क्षेत्र, होचा स्थान र डुबान हुने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार