प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाको प्रदर्शन

1.4k Shares

काठमाडौं, साउन २ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने मागसहित युवाहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरतर्फ पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक प्रणालीले राजनीतिक अस्थिरता, भ्रष्टाचार र कमजोर सुशासनलाई बढावा दिएको आरोप लगाउँदै प्रत्यक्ष जनमतबाट निर्वाचित कार्यकारी नेतृत्वको व्यवस्था आवश्यक रहेको बताएका छन् ।

प्रदर्शनमा सहभागी युवाहरूले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्न, शासन प्रणालीमा व्यापक सुधार गर्न तथा राजनीतिक जवाफदेहिता सुनिश्चित गर्नुपर्ने माग राखेका थिए ।

उनीहरूले वर्तमान संसदीय व्यवस्थाले जनअपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै वैकल्पिक शासकीय प्रणालीबारे राष्ट्रिय बहस सुरु गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। पछिल्लो समय शासन प्रणाली सुधार, राजनीतिक स्थायित्व र संविधान संशोधनका विषयमा युवाहरूको सक्रियता बढ्दै गएको देखिएको छ ।

सम्बन्धित समाचार