जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा सत्ता साझेदार दलहरूबीच सहमति भएको छ। गठबन्धनमा आबद्ध दलहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई यथावत् राख्दै विश्वासको मतका पक्षमा उभिने निर्णय गरेको हो।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेताहरू सहभागी भएका थिए। उनीहरूले प्रदेश सरकारलाई स्थायित्व दिँदै गठबन्धनलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस निर्णयसँगै तत्कालका लागि मधेश प्रदेश सरकार संकटबाट जोगिएको छ। आगामी विश्वासको मत र प्रदेशसभाको राजनीतिक समीकरणले सरकारको भावी अवस्थाबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।