अन्तर्राष्ट्रिय राजनीतिक संवादमा सहभागी हुन प्रचण्ड नेतृत्वको टोली श्रीलंका प्रस्थान

1.9k Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियन डाइलग कार्यक्रममा सहभागी हुन बुधबार श्रीलंका प्रस्थान गरेका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुने एसियन डाइलग कार्यक्रममा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । कार्यक्रममा विभिन्न एसियाली मुलुकका राजनीतिक नेतृत्व, कूटनीतिज्ञ, नीति–निर्माता तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ ।

prachanda-5-1024x500.jpg

भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले क्षेत्रीय शान्ति, सहकार्य, लोकतन्त्र, आर्थिक विकास तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा आयोजित छलफलमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

यस अवसरमा उनले विभिन्न देशका राजनीतिक नेतृत्व तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ । निर्धारित कार्यक्रम सम्पन्न गरी अध्यक्ष प्रचण्ड केही दिनपछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार