बजेट विवादपछि सुदूरपश्चिममा एमालेका चार मन्त्री बर्खास्त

1.2k Shares

धनगढी, असार ३१ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले)का चार जना मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ। प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्ता साझेदार दलबीच विवाद बढेपछि मुख्यमन्त्री शाहले उक्त निर्णय लिनुभएको हो।

बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउद रहेका छन्। एमालेले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभामा खर्च कटौती प्रस्ताव दर्ता गरेपछि गठबन्धनमा तनाव चुलिएको थियो। त्यसपछि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढाउँदै चार मन्त्रीलाई पदमुक्त गर्नुभएको हो।

सम्बन्धित समाचार