एमालेको प्रश्न– भारतले भूमि फिर्ता मागे के दिने ?

1.1k Shares

नेकपा एमालेकी सांसद गंगा श्रेष्ठले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को यसअघि दिएको 'नेपालले पनि भारतको भूमि मिचेको' भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन् ।

उनले यदि भारतले नेपालले मिचेको भनिएको भूमि फिर्ता मागे सरकारले कुन भूमि फिर्ता दिन्छ भनेर प्रधानमन्त्रीसँग प्रश्न गरिन् ।

सांसद श्रेष्ठले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको दाबी कमजोर पार्ने आशंका व्यक्त गरिन् । सीमाक्षेत्रका जंगे पिलरहरू खिइने र सारिने समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

उनले सरकार जनताका मुख्य समस्याभन्दा अन्य गतिविधिमा अल्झिएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनअघि गरेका वाचा सरकारमा पुगेपछि पूरा गर्न नसकेको टिप्पणी पनि गरिन् ।

 
 
सम्बन्धित समाचार