प्राधिकरणको भ्यान दुर्घटनामा दुई कर्मचारीको मृत्यु, अनुसन्धान सुरु

2k Shares

सुनसरी । सुनसरीमा नेपाल विद्युत प्राधिकरणको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य केही कर्मचारी घाइते भएका छन् ।

प्राप्त जानकारीअनुसार प्राधिकरणका कर्मचारी बोकेको भ्यान सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक रूपमा सडक अवस्था र मौसमलगायत विभिन्न पक्षबाट दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार