विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनर्निर्माण सम्पन्न गरेर शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको सुपरमार्केटको पुनर्निर्माण कार्य सम्पन्न भएपछि औपचारिक रूपमा सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको हो। पुनर्निर्माणका लागि तीन सिफ्टमा काम गरिएको जनाइएको छ।
विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुनः सञ्चालनमा आएसँगै पहिलो दिनदेखि नै उपभोक्ताको उल्लेख्य भीड लागेको छ। लामो समयपछि सुपरमार्केट सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताले सहज रूपमा किनमेल गर्न पाएका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेपछि सुपरमार्केट १० महिनादेखि बन्द रहेको थियो। पुनर्निर्माण सम्पन्न भएसँगै अब यसले नियमित रूपमा सेवा प्रदान गर्ने भएको छ।