1.7k
Shares
काठमाडौँ । विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा अदालतले म्याद थप गर्ने आदेश दिएको हो। विभागका अनुसार पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। पक्राउपछि उनीसँग सम्बन्धित आर्थिक कारोबार र सम्पत्तिको स्रोतबारे अनुसन्धान अघि बढाइएको जनाएको छ।
अनुसन्धान प्रक्रिया अझै जारी रहेकाले आवश्यक प्रमाण संकलन, कागजात परीक्षण र थप सोधपुछ गर्न अदालतबाट पाँच दिनको थप म्याद प्राप्त भएको विभागले जनाएको छ।