नेपालगञ्जमा आन्दोलनका क्रममा हटाइएका ऐतिहासिक सालिक पुनःस्थापना

1.5k Shares

नेपालगञ्ज । विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरू नेपालगञ्जमा पुनःस्थापना गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा दोस्रो जनआन्दोलन २०६२/०६३ देखि गत वर्षको जेनजी आन्दोलनसम्म तोडफोड भएका विभिन्न नेता तथा व्यक्तित्वका सालिक पुनर्निर्माण गरी सम्बन्धित चोकमा राखिएको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रको सालिकसहित गणेशमान सिंह, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ र सहिद सेतु विकका सालिक पुनर्निर्माण गरिएका छन् ।

सालिकसँगै चोकहरूको फाउन्डेसन पनि पुनर्निर्माण गरिएकाले नेपालगञ्जका मुख्य चोकहरू थप आकर्षक देखिन थालेको नगरप्रमुख विष्टले बताए। उनका अनुसार केही दिनभित्रै पुनःस्थापित सालिकहरूको औपचारिक उद्घाटन गरिनेछ ।

दोस्रो जनआन्दोलनका क्रममा धम्बोझी चोकबाट हटाइएको तत्कालीन राजा वीरेन्द्रको सालिक करिब २० वर्षपछि पुनःस्थापना भएको हो । तेजविक्रम शाहले दुई दशकपछि सालिक पुनःस्थापना हुनु खुसीको विषय भएको प्रतिक्रिया दिएका छन् ।

 
 
सम्बन्धित समाचार