रास्वपाको विधान संशोधन प्रस्ताव : सभापतिको निर्देशन नमाने दलको नेता हटाउन सकिने

1.6k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी विधान संशोधन गर्दै सभापतिको निर्देशन पालना नगर्ने संसदीय दलको नेतालाई पदबाट हटाउन सकिने व्यवस्था प्रस्ताव गरेको छ । पार्टीभित्र अनुशासन र नीतिगत एकरूपता कायम गर्ने उद्देश्यले यस्तो प्रावधान ल्याउन लागिएको हो ।

प्रस्तावित संशोधनअनुसार संसदीय दलको नेता पार्टीको नीति, निर्णय र सभापतिको निर्देशनविपरीत गएमा केन्द्रीय समितिले आवश्यक प्रक्रिया पूरा गरी उनलाई पदबाट हटाउन सक्ने व्यवस्था गरिएको छ। साथै दलको नेता पार्टीप्रति जवाफदेही रहने व्यवस्था पनि थप गरिएको जनाइएको छ ।

रास्वपाले विधानका अन्य व्यवस्थामा पनि हेरफेर गर्दै पार्टी संगठन, संसदीय दल र नेतृत्वबीचको समन्वयलाई थप स्पष्ट बनाउन संशोधन प्रस्ताव तयार पारेको जनाएको छ। प्रस्तावलाई पार्टीको सम्बन्धित समितिबाट अनुमोदन गरेपछि कार्यान्वयनमा ल्याइनेछ ।

सम्बन्धित समाचार