महामन्त्रीको प्रतिस्पर्धाबाट पछि हटे बुर्लाकोटी

2.1k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटेका छन्।

पार्टी स्रोतका अनुसार एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने अभ्यासलाई आत्मसात् गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

बुर्लाकोटीले भने सक्षम र सबल नेतृत्वलाई अवसर दिने उद्देश्यले आफू स्वेच्छाले प्रतिस्पर्धाबाट पछि हटेको बताएका छन्। उनले योग्य उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयन प्रक्रिया जारी रहेकाले नेतृत्व चयनमा सहमति जुटाउने प्रयास पनि भइरहेको छ। उम्मेदवारी दर्तापछि पदाधिकारी चयनलाई सहमतिमै टुंग्याउने प्रयास जारी रहेको पार्टी स्रोतले जनाएको छ।

 
 
सम्बन्धित समाचार