चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनका लागि उम्मेदवारी टुंगिएको छ। महिला उपसभापति पदमा सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचीमा उक्त पदका लागि यी दुई जनाको मात्रै उम्मेदवारी परेको छ ।
महामन्त्री पदका लागि भने ९ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूबीच सहमतिको प्रयास भए पनि अन्ततः बहुपक्षीय प्रतिस्पर्धा हुने भएको हो । यसअघि महामन्त्रीका आकांक्षी रहेका जगदीश खरेलले सहमति र एकताका लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा सभापतिसहित केन्द्रीय समिति चयनको प्रक्रिया अघि बढिरहेको छ । खुला तथा समावेशी केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भइसकेपछि अब पदाधिकारी चयनका लागि मतदान हुने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।